प्रदेश १ बाट १,४४२ संक्रमणमुक्त, ५७३ संक्रमित थप, १५ को मृत्यु

मोरङ – पछिल्लो दिन प्रदेश १ मा कोरोना भाइरस संक्रमित निको हुनेको सख्ंया बढ्दै गएको छ।

सोही क्रममा बिहीबार प्रदेशमा ६ सय ९ महिला र ८ सय ३३ पुरुष गरी कुल १ हजार ४ सय ४२ जया संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

मोरङबाट सबैभन्दा बढी ४ सय ६३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। प्रदेशमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४६ हजार ३ सय ४१ पुगेको छ।

अर्कोतर्फ प्रदेशमा बिहीबार गरिएको १ हजार ७ सय ४३ जनाको पीसीआर परीक्षणका क्रममा २ सय ६५ महिला र ३ सय ८ पुरुष गरी कुल ५ सय ७३ जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार सुनसरीमा १ सय ६८, मोरङमा १ सय ४४, झापामा १ सय २५, उदयपुरमा ५५, संखुवासभामा ४९, धनकुटामा ७, इलाममा ३, ते¥हथुम र भोजपुरमा समान २, पाँचथर र खोटाङमा समान १ र प्रदेश १ बाहिरका १६ जनामा संक्रमण देखिएको छ।

सुनसरीको इटहरीमा ५८, धरानमा ५७, बराहक्षेत्रमा ३०, दुहवीमा ७, इनरुवा र स्थानीय तह नखुलेकामा समान ४, रामधुनी र गढीमा समान ३, देवानगञ्ज र कोसी गाउँपालिकामा समान १ जनामा संक्रमण पुष्टि भएको छ। मोरङको विराटनगरमा ८६, बूढीगंगामा १५, लेटाङमा १३, उर्लाबारीमा ७, सुन्दरहरैचामा ४, पथरीशनिश्चरेमा ३, बेलबारी, कटहरी, रंगेली, जहदा, सुनबर्र्षी र रतुवामाईमा समान २, धनपालथान, केराबारी, कानेपोखरी र स्थानीय तह नखुलेकामा समान १ को पिसिआर रिपोर्ट पोजिटिभ आएको छ।

झापाको भद्रपुरमा ३०, दमकमा २९, विर्तामोडमा १८, मेचीनगरमा ११, कनकाइमा १०, शिवसताक्षीमा ६, कमल गाउँपालिकामा ५, अर्जुनधारामा ४, बुद्धशान्ति र कचनकवलमा समान ३, हल्दिबारी र गौरीगञ्जमा समान २ र स्थानीय तह नखुलेका १ जनामा संक्रमण देखिएको छ।

त्यसैगरी, उदयपुरको बेलकामा ३९, त्रियुगामा १५, उदयपुरगढीमा १, संखुवासभाको चैनपुरमा २३, खाँदबारीमा २०, पाँचखपनमा ६, धनकुटाको धनकुटा नगरपालिकामा ३, पाख्रिवासमा २ र साँघरीगढीमा १, इलामको इलाम नगरपालिकामा २, चुलाचुलीमा १, ते¥हथुमको म्याङलुङ र स्थानीय तह नखुलेकामा समान १, भोजपुरको भोजपुर नगरपालिकामा २, पाँचथरको फाल्गुनन्द र खोटाङको हलेसीतुवाचुङमा समान १ र प्रदेश १ बाहिरका १६ जनामा संक्रमण देखिएको छ।

प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या ६४ हजार ३ सय ९३ पुगेको छ। जसमा सक्रिय संक्रमितको संख्या १७ हजार २५ छ।

प्रदेशमा संक्रमणका कारण बिहीबार ४ महिला र ११ पुरुष गरी कुल १५ जनाको मृत्यु भएको छ। यससँगै प्रदेशमा हालसम्म १ हजार २ सय २७ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ।

जेठ २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्