ढुंगा, गिट्टि र बालुवा निकासी गर्ने निर्णय फिर्ता लिन ट्रान्सपरेन्सी इन्टरनेसनलको आग्रह

काठमाडौं- ट्रान्सपरेन्सी इन्टरनेसनल, नेपालले ढुंगा, गिट्टी र बालुवा निकासी गर्ने निर्णय फिर्ता लिन सरकारसँग आग्रह गरेको छ।

सरकारले भारतसँगको ब्यापार घाटा घटाउन भन्दै खानीजन्य यी सामग्रीको निर्यात गर्ने गत बजेट भाषणमार्फत सार्वजनिक गरेको थियो। त्यसयता उक्त निर्णयको चर्को विरोध भइरहेको छ। ट्रान्सपरेन्सी इन्टरनेसनलले चुरे क्षेत्रबाट ढुंगा, गिटी र बालुवा निकासी गर्दा त्यसले त्यस क्षेत्र  र तराईमा गम्भिर वातावरणीय संकट ल्याउन सक्ने विज्ञप्तीमार्पत जनाएको छ।

चुरेबाहेक अन्य क्षेत्रबाट उत्खनन् गर्ने भनेर सरकारले स्पष्टिकरण दिएपनि त्यो स्पष्ट नभएको ट्रान्सपरेन्सी इन्टरनेसनलको भनाई छ।

‘नेपालको पूर्वदेखि पश्चिमसम्मको चुरे भावर र शिलालिक र नदी प्रणालीबाहेकका कुन क्षेत्रबाट ढुंगा, बालुवा, गिट्टी उत्खनन् गर्न सकिन्छ र यस्ता वातावरण र जैविक विविधतामा ठुलो असर नपारी उत्खनन् हुने क्षेत्रबाट कति परिमाणमा ढुंगा, गिट्टी, बालुवा निकाल्न सकिन्छ र यसरी उत्खनन् हुने परिमाणमध्ये नेपालको विकाश निर्माणको लागि कति आवश्यक पर्ने हो भन्ने कुराका विस्तृत पारदर्शी दिर्घकालिन अध्ययन नगरि आयव्ययको सार्वजनिक जानकारी वक्तव्यमा समावेश हुनु उपयुक्त देखिँदैन’, ट्रान्सपरेन्सी इन्टरनेसनलद्धारा जारी विज्ञप्तीमा भनिएको छ।

जेठ २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्