चितुवाको छालासहित काठमाडौँबाट दुईजना पक्राउ

सांकेतिक तस्बिर

काठमाडौँ– चितुवाको छालासहति आज प्रहरीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ।

कीर्तिपुरस्थित ढल्पा क्षेत्रमा दुर्लभ वन्यजन्तु चितुवाको छाला बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले खोजतलास गर्दा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दार्चुलाका २३ वर्षीय गिरीराज ठगुन्ना र बझाङ घर भई कीर्तिपुर बस्ने वर्ष २९ को नारायणवहादुर सिंह रहेका छन्। उनीहरूको साथबाट चितुवाको छालासमेत बरामद भएकाले थप कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौँमा बुझाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

जेठ २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्