पेभ्ल्युचेन्कोभा फ्रेन्च ओपनको उपाधिनजिक, पहिलोपटक ग्रान्डस्लाम फाइनलमा

रुसी खेलाडी अनास्टासिया पेभ्ल्युचेन्कोभा वर्षको दोस्रो ग्रान्डस्लाम टेनिस फ्रेन्च ओपनको फाइनलमा पुगेकी छिन्।

२९ वर्षीय पेभ्ल्युचेन्कोभाले बिहीबार भएको  सेमिफाइनलमा स्लोभानियाकी तामरा जिदानसेकलाई सोझो सेटमा हराइन्।

२३ वर्षीय जिदानसेक ७-५ र ६-३ को सेटमा पराजित भइन्। पेभ्ल्युचेन्कोभा यसअघि ग्रान्डस्लाममा क्वाटरफाइनलसम्म पुगेकी थिइन्।

जेठ २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्