युरोपको महादेशीय प्रतियोगिता युरोकप फुटबल शुक्रबारदेखि सुरु हुँदै छ। प्रतियोगिताका खेलहरु युरोपका विभिन्न १२ देशमा आयोजना हुँदैछन्।

प्रतियोगितामा २४ टोली सहभागी छन् भने पहिलो चरणमा ४/४ टोलीका ६ वटा समूह रहनेछन्। समूहका विजेता र उपविजेतासहित सर्वोत्कृष्ट चार वटा तेस्रो टोली पनि प्रिक्वाटरफाइनल पुग्नेछन्।

पोर्चुगल साविक विजेता हो। फाइनलमा फ्रान्सलाई १-० गोलले हराएर पोर्चुगलले गत संस्करणको उपाधि जितेको थियो। पहिलो दिन एउटा मात्र खेल हुने छ। त्यसमा टर्की र इटाली भिड्नेछन्।

जेठ २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्