सभामुखद्वारा आयोजित सर्वदलीय बैठक सुरु, ओली अनुपस्थित, नेपाल देखिए

काठमाडौँ- सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः अनुपस्थित भएका छन्।

बानेश्वरस्थित संसद भवनमा सुरु भएको बैठकमा एमाले बिद्रोही पक्षका नेता माधवकुमार नेपाल सामेल भएका छन् भने उनीसँगै ओलीविरुद्धको मोर्चामा रहेका एमाले वरिष्ठ नेता झलनाथ खनालले भर्चुअलरुपमा सहभागिता जनाएका छन्।

बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा सामेल छन्। यस्तै जनता समाजवादी पार्टी (जसपा) का नेता उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पनि सामेल छन्।

तस्बिरहरु: बर्षा शाह

जेठ २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्