थप ३ हजार ७ सय ५० जनामा कोरोना संक्रमण, ६७ को ज्यान गुम्यो

नेपालमा पछिल्लो चौबीस घन्टामा थप ३ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै शुक्रबार देशभर ६७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ३ सय ५ पुगेको छ।

शुक्रबार ५ हजार २ सय २५ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

गत चौबीस घन्टामा देशभर ९ हजार ५ सय ९८ पीसीआर तथा ५ हजार ५ सय ८४ एन्टिजेन परीक्षण भएको छ।

देशभर ७५ हजार २७५ सक्रिय संक्रमित रहेका छन्।

जेठ २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्