अस्ट्रेलियाविरुद्ध अन्जन विष्ट बेन्चमा, प्रमुख स्ट्राइकरमा नवयुग

काठमाडौं- कतार विश्वकपको एसियाली छनोटको दोस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपाल अहिले अस्ट्रेलियासँग भिडिरहेको छ।

कुवेतको अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार पौने १० बजे खेल सुरु भएको हो। प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले स्ट्राइकर अन्जन विष्टलाई बेन्चमा राखेका छन्। नवयुग श्रेष्ठ, एरिक विष्ट, सुनिल बल, विशाल राईलाई सुरुवाती ११ मा समावेश गरिएको छ। प्रमुख स्ट्राइकरको भूमिकामा नवयुग रहनेछन्।

यसअघि नेपालले अस्ट्रेलियासँग भएको पहिलो खेलमा ५-० गोलको हार ब्यहोरेको थियो।

जेठ २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्