२०७६ साल माघ १० गते नेपालमा  पहिलोपटक कोरोना पुष्टि भएको थियो। चैत ११ गतेदेखि देशभरि नै लकडाउन गरियो।  चैत २२ गते कैलालीमा पहिलोपटक स्थानीय स्तरमा संक्रमण भएको पुष्टि भयो।  कोरोनाका कारण जेठ १ गतेबाट सुरु भएको मृतकको संख्या नेपालमा साउन ३१ गते १०० र कात्तिक १८  गते १००० पुगेको थियो। कोरोनाको पहिलो लहरमा गरिएको बन्दाबन्दीको कारण  उत्पन्न भएको करिब सात महिना लामो विषम परिस्थिति  अन्त्य हुन नपाउँदै  पुनः दोस्रो लहर सुरु हुनपुग्यो र वैशाख मध्यतिरबाट देशभरि नै फेरि लकडाउन शुरु भयो जुन अझै जारी छ ।

विश्वभर फैलिएको कोरोना महामारीले नेपालमा पनि अत्यन्तै ठूलो संकटको अवस्था सिर्जना गरिसकेको छ।  दैनिक हजारौंको संख्यामा नयाँ संक्रमणहरू पुष्टि भइरहेका छन् भने सयौंको संख्यामा मानिसहरुले आफ्नो अमूल्य जीवन गुमाइरहेका छन्।  सिन्धुपाल्चोकका रत्न बहादुर तामाङ, चितवनका गोबिन्द शाह,  प्युठानकी गायत्री सुनुवार र उनका छोराछोरीहरु जस्ता कतिले त कोरोनाबाट पैदा भएको विषम परिस्थितिका कारण आत्महत्या समेत गर्नपुगे।

उदयपुरमा आमा र दुई छोराहरु सहित एकै परिवारका तीनजनाको एकै सातामा मृत्यु भयो । मुलुकमा कैयन प्रतिष्ठित ब्यक्तिहरुले पनि कोरोनाको सिकार हुनुपरेको हामीले देखिरहेका छौँ। यही वैशाख  १ गते ४०५६  रहेको सक्रिय संक्रमितको संख्या अहिले जेठ २५ गतेसम्म आइपुग्दा बढेर ८५,५४४  पुगेको छ। सहर केन्द्रित रहेको अहिलेको कोरोना संक्रमण अब गाउँतिर पनि तिब्र गतिमा बढन सक्ने विज्ञहरुले आंकलन गरेका छन्।

कोरोना कालको यस्तो विषम परिस्थितिमा कैयौं छोराछोरीले आफ्ना आमाबुबा गुमाएका छन् भने आमाबुबाले आफ्ना छोराछोरी ।  कतिले आफ्नो जीवन संगी गुमाए। विद्यार्थीले सहज तरिकाले पढ्न पाएका छैनन्; गरिबले खान पाएका छैनन्; व्यवसायीले व्यवसाय गर्न पाएका छैनन्; जागिरेले आफ्नो जागिर  गुमाएका छन् । कोरोना बाहेकका अन्य रोगीहरूको स्वस्थ्य अवस्था कहाँ पुग्यो भनेर यो बेलामा कसले हेरिदिने ? अनि आत्महत्या सम्म पुग्नुपर्ने यो कालो समय अझ कति लम्बिएला ? माक्स, सेनिटाइजर, अक्सिजन र  भ्यक्सिनले मात्र के यो रोगसँग लड्न सकिएला ? के अरु कुनै उपाय छैन ? आजको कोरोना पीडित समाज यी प्रश्नहरुका जवाफ पाउन टोलाएरै बसिरहेको भान हुन्छ ।

विश्वका कतिपय देशहरुले कोरोनाबाट उत्पन्न मानसिक समस्याहरूको उपाय निकाल्नका लागि अध्ययन समेत गरेको हामीले  थाहा पाएकै छौं।

अमेरिकाका एक मनोचिकित्सक रुसेल सिलर जोन्स् भन्छन्-  उनले कोरोनाको समयमा आफ्ना ग्राहकहरुमा एक अनौठो परिवर्तन देखापरेको पाए । साइकोलोजी टुडेमा प्रकाशन भएको उनको अन्तर्वार्तामा उनले यस समयमा  उनका ग्राहकहरुमाअनौठो प्रकारले अध्यात्मप्रतिको रुचि बढेको बताए। आध्यात्मिक हुन थालेपछि उनिहरूको जीवनमा, रहनसहनमा र अन्ततः  तिनको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव आइरहेको उनको टिप्पणी छ। यसर्थ उनले पाठकहरुलाई खुला विचार राख्न  तथा नयाँ सम्भावनामा विश्वास राख्न प्रोत्साहन गरेका छन्।

अध्यात्मकै सन्दर्भमा हेर्ने हो भने विश्वमा पुरातन कालदेखि नै साधना र अध्यात्मको नियमित अभ्यास हुँदै आएको छ। विज्ञान तथा विशेषज्ञहरुले समेत यस कुरामा टिप्पणी गरिसक्दाको आजको परिवेशमा हामीले फेरि अध्यात्म र आध्यात्मिक अभ्यासहरु तर्फ आफ्नो ध्यान लगाउन आवश्यक छ भन्दा गलत नहोला।

कोरोनाको समयमा अहिले भारत तथा विश्वका अन्य मुलुकहरुमा एक नौलो साधना प्रणाली लोकप्रिय बन्दै गएको देखिएको छ। केही साताअघि मात्र विश्वभर “फालुन दाफा” साधना प्रणाली सार्वजनिक भएको  २९औं दिबसको अवसरमा अनेक शहर र देशहरुमा यसको प्रचार भएको र त्यसको  उपलक्ष्यमा विश्वभरका सरकारी अधिकारीहरुले समेत फालुन दाफा नामक साधना पद्धतीलाई  औपचारिक ढंगले पत्रहरुद्वारा प्रसंशा गर्दै बधाई दिएको सञ्चारमाध्यमहरुले लेखेका छन्। अर्को एक लेख अनुसार क्यानडामा कोरोना कालमा झण्डै दुई हजार व्यक्तिहरुले फालुन दाफाको अनलाइन कक्षाहरुमा हाजिरी जनाएको, धेरै व्यक्तिहरुले निशुल्क अन्लाइन कक्षाहरुको लागि रजिस्टर गरेको र पछिल्लो ६ महिनामा यस अभ्यास सिक्न आउने मानिसहरूको संख्यामा पहिलेको भन्दा धेरै वृद्धि भएको कुरा उल्लेख गरिएको छ।

छिमेकी मुलुक भारतमा पनि अहिले फालुन दाफाको  चर्चा बढ्दो छ। ठूलो संख्यामा  मानिसहरूले यसलाई अभ्यास गरिरहेका छन् । दिल्ली, मुम्बई, बैङ्लोर  लगायत विभिन्न सहरहरुमा  यो अभ्यास प्रचलनमा आएको छ। कतिपय स्कूलहरुमा त केही पहिले देखि नै यसको नियमित अभ्यास गरिँदै आएको छ, जसको सकरात्मक प्रभावहरु परीक्षा परिणाम, नैतिक गुण र विद्यार्थीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा देखा परेको पाइन्छ । मुम्बईका कतिपय मोडेलहरुले पनि भागदौडले भरिएको आफ्नो जीवनमा स्थिरता ल्याउन र तनाव मुक्त रहनका लागि फालुन दाफा अभ्यास गर्ने गरेको बताएका छन्।

“फालुन” को अर्थ हो बिधान चक्र र “दाफा” को अर्थ हो महान मार्ग । यो विश्वको मूलभूत प्रकृति अर्थात् सत्य- करुणा- सहनशीलताका नियमहरुमा आधारित छ। फालुन दाफा मन र शरीरको एक परिपूर्ण साधना पद्धति हो, यसमा पाँच सौम्य र प्रभावी व्यायामहरुको पनि समावेश गरिएको छ, तर बल चाहिँ मनको साधनामा दिइन्छ।

के हो फालुन दाफा ? 

फालुन दाफा (जसलाई फालुन गोङ  पनि भनिन्छ)  मन र शरीरको एक उच्चस्तरीय साधना पद्धति हो।  प्राचीन समयदेखि यो पद्धति एक गुरू देखि एक शिष्यलाई निरन्तर हस्तान्तरित गरिँदै आएको थियो।  वर्तमान समयमा भने फालुन दाफालाई  पहिलोपटक चीनमा  सन् १९९२ मा लि होङ्जीद्वारा सार्वजनिक गरिएको थियो । आज सयभन्दा धेरै देशहरुमा दश करोडभन्दा धेरै मानिसहरुले यो अभ्यास गरिरहेका छन्। फालुन दाफा र यसका संस्थापक लि होङ्जीलाई नोबेल शान्ति पुरस्कर र साखारोब पुरस्कारका लागी समेत मनोनीत गरिएको थियो ।

“फालुन” को अर्थ हो बिधान चक्र र “दाफा” को अर्थ हो महान मार्ग । यो विश्वको मूलभूत प्रकृति अर्थात् सत्य- करुणा- सहनशीलताका नियमहरुमा आधारित छ। फालुन दाफा मन र शरीरको एक परिपूर्ण साधना पद्धति हो, यसमा पाँच सौम्य र प्रभावी व्यायामहरुको पनि समावेश गरिएको छ, तर बल चाहिँ मनको साधनामा दिइन्छ। नैतिक गुणको सुधारबाट शरीरमा व्यापक सुधार आउँछ। शरीरको साधनाका लागि यस पद्धतिमा पाँच व्यायामहरु सिकाइन्छ जसले शरीरको परिस्थितिहरुलाई ठीक गर्दछ्न् र दिव्य शक्तिलाई सुदृढ गर्दछन्।

स्वास्थ्य लाभ 

फालुन दाफा मन र शरीरको एक परिपूर्ण साधना  पद्धति हो, यही कारण हो कि फालुन दाफा अभ्यासबाट मानिसहरुलाई कम समयमा पनि आश्चर्यजनक स्वस्थ्य लाभ प्राप्त हुन्छ। पुस्तक “Life and Hope renewed – The healing power of falun dafa”  मा फालुन दाफा अभ्यासद्वारा धेरै मानिसहरुको गम्भीर र घातक बिमारीहरुबाट निको भएको अनुभव संकलित छ। यो पुस्तक अनलाइन डाउनलोड पनि गर्न सकिन्छ।

सन् १९९८ मा चीनको लियाओनिङ् प्रान्तमा करिब ६,४७८ जना अभ्यासीहरुमा गरिएको एक सर्वेक्षणमा यो अभ्यासपछि ९२ प्रतिशतमा पूर्ण र ७.७४ प्रतिशतमा आंशिक रुपमा स्वास्थ्य लाभ भएको देखियो। सहभागीमध्ये ९५.५९% (६१९२ जना) अभ्यास सुरु गर्न अघि सामान्यदेखि गम्भीर किसिमका कुनै न कुनै रोगबाट ग्रसित थिए।

सन् १९९९ मा उत्तर अमेरिका र क्यानाडामा २३५ जना फालुन दाफा अभ्यासीहरूमा गरिएको सर्वेक्षणमा २२४ अर्थात ९७ प्रतिशतले यो अभ्यास पछि आफ्नो स्वास्थ्यमा अत्यन्त धेरै सुधार आएको बयान दिएका थिए।

यस्तै सन् २००१ मा रसियाका प्राध्यापक गुलुओक्विले ११ जना अभ्यासीहरुमा गरेको परीक्षणले फालुन दाफाको प्रभावकारिता ७५ प्रतिशत रहेको देखाएको थियो।

सन् २००२ मा ताइवानमा डाक्टर हुन् युएईले १,२१० जनामा गरेको सर्वेक्षणमा अभ्यासपछि ८१ प्रतिशतले चुरोट, ७७ प्रतिशतले मादक पदार्थ र ८५ प्रतिशतले सुपारी समेत खान छाडेको पाइयो।

सनरेगन हेल्थकेयरका प्रमुख डा. युहोङ्ग दोङ्गले हालसालै ६ देशका ३६ कोरोना बिरामीहरुमा गरेको एक परीक्षणमा नौ शब्दको यो मन्त्र “फा लुन् दा फा हाओ, जन् सन् रेन् हाओ” (अर्थ- ‘फालुन दाफा असल छ, सत्यता करुणा सहनशीलता असल छ।’) जप्नाले ३६ मध्ये २६ जनाको तीन दिनभित्रमा र बाँकी १० जना थप केहीदिनमा पूर्णरुपले निको भएको दाबी गरेकी थिइन्।

अमेरिकन सोसाइटी अफ क्लिनिकल अंकोलोजीको २०१६ को सम्मेलनमा प्रस्तुत भएको १५२ जना अन्तिम चरणका क्यान्सर रोगीमा गरिएको १५ बर्ष लामो अध्ययन प्रतिवेदनले ती १५२ जना मध्ये १४७ (९६.७%) जनाको रोग फालुन दाफा अभ्यास गरेपछि पूर्णरूपले निको भएको देखाएको छ। त्यस अनुसार अभ्यास सुरु गरेदेखि रोग निको हुन लागेको औसत समय साढे तीन महिना रहेको छ ।

चीनमा प्रतिबन्ध 

फालुन दाफाको अभ्यास दुनियभरमा  करोडौं मानिसहरुले गरिरहेका छन् । तर दुखको कुरा यो हो कि चीन, जो फालुन दाफाको जन्मभुमि हो, त्यहाँ नै यसमाथि दमन  भइरहेको छ। स्वास्थ लाभ र आध्यात्मिक शिक्षाहरुको कारण चीनमा फालुन दाफा यति  लोकप्रिय भयो कि सन् १९९९  भित्र करिब ७ देखि १० करोड मानिसहरुले यसको अभ्यास गर्न लागेको बताइएको छ। जबकी चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यता संख्या त्यस समयमा मात्र ७ करोड थियो ।  यसको बढ्दो  जनाधार चिनियाँ शासकहरुलाई मन परेन। चिनियाँ कम्युनिष्ट पार्टीले फालुन दाफाको शान्तिमयी प्रकृतिको बाबजुद यसलाई सत्ताका लागि खतरा मानेर २० जुलाई १९९९ मा  यसमाथि प्रतिबन्ध लगाईदिए।

नेपालमा अभ्यास 

नेपालमा पनि यसका अभ्यासीहरूको संख्या बिस्तारै बढ्दै गइरहेको छ। यो अभ्यास अन्य मुलुकहरुमा निकै चर्चामा आएको भए  पनि  नेपालमा भने यसको प्रभाव त्यति छैन। फालुन दाफाको  अभ्यासका किताबहरु  यसको मुख्य वेबसाइटमा विभिन्न भाषाहरुमा उपलब्ध छन् जसमध्ये  हिन्दी पनि एक हो। नेपालीमा भने ती किताबहरु उपलब्ध छैनन् । नेपालमा यसका अनुयायीहरु कम भएकाले नेपाली अनुवाद हुन नसकेको र उनीहरु माझ अङ्ग्रेजी तथा हिन्दी अनुवादका किताबाहरु नै प्रचलनमा रहेको हो।

कोरोना  महामारीको संत्रास जताततै फलिरहेको र दिनानुदिन धेरै मानिसहरुले ज्यान गुमाइरहेको अवस्थामा यो अभ्यास सान्दर्भिक हुने यसका अभ्यासकर्ताहरु बताउँछन्। यो अभ्यास गरेर आफ्नो शरीरको रोगसँग लड्न सक्ने क्षमता बढाउनमा बुद्धिमानी हुने यसका अनुयायीहरुले बताउने गरेका छन्। यो अभ्यासको विस्तृत जानकारीका लागि चाहिने सम्पूर्ण सामग्रीहरु यसको मुख्य वेबसाइट www.falundafa.org मा रहेको छ । त्यहीँबाट जोकोहीले पनि निशुल्क यो अभ्यास सिक्न सक्नेछन् । अथवा यस अभ्यासका अभ्यासीहरू सँग सम्पर्क गरेर पनि यसको बारेमा विस्तृत जानकारी लिन सकिन्छ। फेसबुकमा “फालुन दाफा सूचना केन्द्र” वा “Falun Dafa Nepal” सर्च गरेर तपाईहरु यसका अभ्यासीहरु सँग सम्पर्कमा आउन सक्नुहुनेछ।

जेठ २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्