कर्णाली सरकारलाई एमालेले बुझायाे १९ बुँदे मागपत्र

सिमकोट– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी आर्थिक वर्षको बजेट समावेशी बनाउन माग गर्दै १९ बुँदे मागपत्र बुझाएको छ।

आगामी वर्षको बजेटमा समेट्नुपर्ने विषयहरुमा एमालेले सरकारकाे ध्यानाकर्षण गरेकाे हाे।

एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नेतृत्वको टोलीले मुख्यमन्त्री शाहीलाई मागपत्र पेश गरेकाे हाे।

मुख्यमन्त्री शाही र नेता कँडेल नेतृत्वको टोली बीच नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल समेत भएकाे छ।

जेठ ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्