सांसद नरोत्तम बैद्यविरुद्ध आपराधिक दुरुत्साहनमा मुद्दा दर्ता

काठमाडौं- नेपाली कांग्रेसका प्रदेश सांसद नरोत्तम बैद्यविरुद्ध मुद्धा दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरमा वैद्यविरुद्ध आपराधिक दुरुत्साहनमा मुद्धा दर्ता भएको हो।

मकवानपुरका प्रहरी प्रमुख सोमेन्द्रसिंह राठोरले मुद्दा दर्ता भएको बताए। दुई दिनअघि सांसद बैद्यले संसद बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आवश्यक परे आफू नाथुराम गोड्से पनि बन्न तयार रहेको बताएका थिए।

युवा संघका नेपाल मकवानपुरका जिल्ला सदस्य नवीन काफ्लेले जाहेरी दिएको आधारमा प्रहरीले मुद्दा दर्ता गरेको हो। मुलुकी फौज्दारी अपराध संहिता २०७४ को दफा ३५ (१) बमोजिम कारबाही गर्न जाहेरी परेको हो।

चर्को आलोचना भएपछि बैद्यले शनिबार सार्वजनिकरुपमा माफी मागेका थिए।

मुलुकी फौज्दारी अपराध संहिता २०७४ को दफा ३५ (१) मा यस्तो छ:

जेठ ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्