अन्तत जनमोर्चाका सांसद कृष्ण थापाको पद सर्वोच्चले थमौती गरेन

कृष्ण थापा

काठमाडौँ – अन्तत सर्वोच्चले अदालतले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई जनमोर्चाले गरेको कारबाही सदर गरेको छ।

पार्टीको ह्वीप उल्लंघन गरेको आधारमा थापालाई जनमोर्चाले पार्टी र प्रदेशसभा सदस्यबाट समेत हटाएको थियो। उक्त निर्णयविरुद्ध थापाले दायर गरेको रिट निवेदनमा यही जेठ २३ गते न्यायाधीश कुमार चुडालको एकल इजलासले कारबाही कार्यान्वयन गर्न अन्तरिम आदेश दिँदै सांसद पदमा यथावत काम गर्न दिन भनेको थियो।

उत्त आदेशविरुद्ध गण्डकी प्रदेशसभा र जनमोर्चाले आदेश खारेजका लागि दिएको निवेदनमाथि सुनुवाइ गर्दै सोमबार सर्वोच्चले अन्तरिम आदेश खारेज गरेको हो। न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले पुनको पद पुनःस्थापनाका लागि दिइको आदेश असान्दर्भिक भइसकेकाले खारेज गरेको हो।

‘यस अदालतबाट जारी भएको अन्तरिम आदेश पश्चात परिस्थितिमा परिवर्तन भई हाल विपक्षी निवेदक कृष्ण थापा गण्डकी प्रदेशसभा सदस्यबाट हटिसकेको भन्ने तथ्यमा विवाद देखिएन। यस अवस्थामा विपक्षी निवेदक कृष्ण थापालाई गण्डकी प्रदेशसभा सदस्यको हैसियतमा काम गर्न दिनू भनी यस अदालतबाट मिति २०७८ ०२ २३ मा जारी भएको अन्तरिम आदेशको कार्यान्वयनमा हाल आवश्यकता र उपयुक्तता रहिरहेको नदेखिंदा मिति २०७८ ०२।२३ मा जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिरहन नपरी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ ९७० बमोजिम खारेज गरिदिएको छ।’

थापाको पद गुमेसँगै गण्डकीमा अहिले सत्तामा पुगेको गठबन्धन बलियो भएको छ।

जेठ ३१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्