सुदूरपश्चिम प्रदेश सरकारले गत वर्षको भन्दा आकार घटाएर बजेट ल्याउँदै

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको भन्दा आकार घटाएर आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट ल्याउने तयारी गरेको छ।

आइतबारको प्रदेशसभा बैठकले नीति तथा कार्यक्रम पारित गरेसँगै प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले मंगलबार (भोलि) अपराह्न ४ बजे बस्ने प्रदेशसभाको बैठकमा बजेट पेस गर्ने तयारी गरेको छ।

आर्थिक मामिला मन्त्रालयका सूचना अधिकारी खगेन्द्र साउदले बजेटको सबै तयारी पूरा भएको बताए।

२९ अर्ब हाराहारीको बजेट ल्याउने तयारी भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।

चालु आर्थिक वर्षमा ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार रुपैयाँको बजेट प्रदेश सरकारले ल्याएको थियो। चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख र पूँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख बजेट विनियोजन गरिएको थियो।

जेठ ३१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्