दाङमा लकडाउन असार ८ गतेसम्म, सरकारी कार्यालय आंशिक खुल्ने

दाङ – दाङमा लकडाउन एक हप्ता थप भएको छ । जिल्ला कोरोना नियन्त्रण स्थापन समितिको सोमबार घोराहीमा बसेको बैठकले लकडाउनलाई केही खुकुलो बनाउँदै असार ८ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

बैठकले व्यवसाय बिहान ६ देखि १० बजेसम्म, सरकारी कार्यालय बिहान १० देखि दिउँदो १ बजेसम्म आंशिक रुपमा खोल्ने दिने निर्णय गरेको छ । त्यस्तै होटेल व्यवसायीले प्याकिङ्ग गरेर खाना नास्ता बिक्री वितरण गर्ने पनि निर्णय गरेको छ ।

बैंक तथा बित्तीय सस्थालाई दिउँसो २ बजेसम्म खोल्ने निर्णय यथावत राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

असार १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्