हात्तीलाई थापेको विद्युतीय धरापमा परी झापामा एक महिलाको मृत्यु

सांकेतिक तस्बिर।

झापा– हात्तीलाई थापेको विद्युतीय धरापमा परी झापाको बुद्धशान्ति गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ।

बुद्धशान्ति गाउँपालिका ३ राजाटोल शितल बस्ती बस्ने ४८ वर्षीया विष्णुमाया बासकोटाको हात्तीलाई थापेको विद्युतीय धरापमा परेर करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

मंगलबार बिहान साढे ५ बजे घर नजिक आफ्नै खेतबारीमा जंगली हात्ती नआओस् भनेर राखेको बिजुलीको नाङ्गो तारमा करेन्ट लागेर घाइते भएकी उनको बिर्तासिटी अस्पतालमा बिहान साढे ६ बजे मृत्यु भएको हो।

असार १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्