मेलम्चीमा बाढी आयो, घरहरु बगे, मानवीय क्षतिको आशंका

काठमाडौं- सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोलामा मंगलबार बेलुकी आएको बाढी मेलम्ची र हेलम्बुमा पसेको छ।

बाढीले बढी क्षति हेलम्बुमा पुर्‍याएको र मानवीय क्षति भएको हुनसक्ने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए।

‘दुई घण्टाअघि आएको बाढीले बढी क्षति हेलम्बुमा पुगेको छ। त्यहाँ घरहरु पनि बगेको र मानवीय क्षतिसमेत भएको हुन सक्ने रिपोर्ट प्राप्त भएको छ’, पोखरेलले मंगलबार राति देशसञ्चारसँग भने।

बाढी खोला बगरका अधिकांश संरचनामा क्षति पुगेको स्थानीयले बताएका छन्। मेलम्ची बजार पनि जोखिममा छ। बजारका सबै बासिन्दाले घर छाडेर माथिल्लो टारमा सरिरहेको स्थानीय गणेश दुलालले जानकारी दिए।

केहीअघि दिन नेपाल प्रवेश गरेको मनसुनका कारण देशभरका अधिकांश स्थानमा भीषण बर्षा भइरहेको छ।

 

असार १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्