प्रदेश १ मा १,२८१ संक्रमणमुक्त, ३९४ संक्रमित थप, ४ को मृत्यु

मोरङ– प्रदेश १ मा कोरोना भाइरस कोभिड १९ का १ हजार २ सय ८१ जना संक्रमणमुक्त भएका छन्।

सामाजिक विकास मन्त्रालय विराटनगरका अनुसार संक्रमणमुक्त हुनेमा ५ सय २८ महिला र ७ सय ५३ पुरुष छन्।

यस क्रममा मोरङबाट ५ सय ६३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। प्रदेशमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५१ हजार ७५ पुगेको छ।

अर्कोतर्फ, प्रदेशका विभिन्न स्थानमा १ हजार २ सय ७३ जनाको पिसिआर परीक्षणका क्रममा १ सय ८८ महिला र २ सय ६ जना पुरुष गरी कुल ३ सय ९४ जना कोरोना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार झापामा १ सय ४१, मोरङमा १ सय २५, सुनसरीमा ८३, उदयपुरमा १८, संखुवासभामा ६, धनकुटामा ५, ताप्लेजुङ, भोजपुर र इलाममा समान २, पाँचथर र ते¥हथुममा समान १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको छ।

झापाको दमकमा ५५, विर्तामोडमा २६, भद्रपुरमा २४, मेचीनगरमा ११, कनकाईमा ८, बा¥हदशी र शिवसताक्षीमा समान ४, अर्जुनधारा र हल्दिबारीमा समान २, कचनकवल, कमल गाउँपालिका, गौरादह, बुद्धशान्ति र स्थानीय तह नखुलेका समान १ जनाका संक्रमण देखिएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ६३, लेटाङमा २१, पथरीशनिश्चरेमा ११, बेलबारीमा १०, कटहरीमा ७, सुन्दरहरैचा र उर्लाबारीमा समान ४, केराबारी र बूढीगंगामा समान २, स्थानीय तह नखुलेका १ जनाको पिसिआर परीक्षण पोजिटिभ आएको छ।

सुनसरीको धरानमा ३८, इटहरीमा १८, रामधुनीमा ६, दुहवीमा ५, बराहक्षेत्रमा ४, इनरुवा र बर्जुमा समान ३, देवानगञ्जमा २, गढी र कोसी गाउँपालिकामा समान ११ जनामा संक्रमण देखिएको छ।

त्यसैगरी, उदयपुरको त्रियुगामा १५, उदयपुरगढीमा २, स्थानीय तह नखुलको १, संखुवासभाको चैनपुरमा ५ र खाँदबारीमा १, धनकुटा नगरपालिकामा ३, छथर र साँघुरीगढीमा समान १, ताप्लेजुङको फाकफोकथुम र स्थानीय तह नखुलेकामा समान १, भोजपुरको भोजपुर नगरपालिका र अरुणमा समान १, इलामको रोङ र चुलाचुलीमा समान १, पाँचथरमा १, ते¥हथुमको म्याङलुङमा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको छ।

मन्त्रालयलये प्रदेशमा कोरोना संक्रमितको संख्या ६६ हजार ८ सय ३५ पुगेको जनाएको छ। जसमा संक्रिय संक्रमितको संख्या १४ हजार ६ सय ९३ छ।

बुधबार प्रदेशमा २ पुरुष र २ महिला गरी ४ जना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म १ हजार १ हजार ६७ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ।

असार २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्