खोलाले बगाउँदा सप्तरीमा १३ वर्षीय बालकको मृत्यु

सांकेतिक तस्बिर।

जनकपुरधाम– सप्तरीमा खोलाले बगाउँदा एकजना बालकको मृत्यु भएको छ।

जिल्लाको बलान बिहुल गाउँपालिका वडा नं. ४ का किसुनदेव भण्डारीका १३ वर्षीय छोरा सन्तोष भण्डारीलाई भुतही बलान खोलाले बगाउँदा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

बुधबार अपराह्न साढे ४ बजे खोलाको पारी छेउमा रहेको खेतमा रहेका किसुन्देवका लागि खाजा लग्दै गर्दा खोलामा बाढी आएपछि सन्तोषलाई बगाएको थियो।

खोलाले बगाउँदा बेपता भएका बालकको प्रहरीले खोजतलास गर्दा भारतको मधुवनी जिल्ला मझौरास्थित बलान खोलाको छेउमा शव फेला परेको प्रवक्ता काफ्लेले बताए।

असार २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्