क्रेप ब्यान्डेजले घाँटीमा बाँधेर एकजनाको हत्या

झापा – झापाको मेचीनगर नगरपालिकामा क्रेप ब्यान्डेजले बाँधेर एकजनाको हत्या गरिएको छ।

मेचीनगर ५ ईंटाभट्टा अधेरी टोल बस्ने ४० वर्षीय भीमराज लिम्बुकाे त्यसरी हत्या भएकाे हो।

बुधबार राति ८.४० बजे अधेरी टोलस्थित ग्राभेल बाटोको छेउमा घाँटीमा कपडाको क्रेप ब्यान्डेजले बाँधिएको र मुखबाट रगत आइरहेको अवस्थामा उनको शव फेला परेको थियो।

घटनामा संलग्न भएको आरोपमा मेचीनगर ५ बस्ने ५६ वर्षीय सुकराज लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रारम्भिक सोधपुछ गर्ने क्रममा आपसी झगडा हुँदा आफूले खुट्टामा बाँध्ने क्रेप ब्यान्डेजले घाँटीमा बाँधेर हत्या गरेको कुरा लिम्बुले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जनाएका छन्।

असार ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्