रोनाल्डोको एक वचनले कोकाकोलालाई चार अर्ब डलर घाटा

युरोकप २०२० को प्रेस कन्फरेन्समा क्रिस्टियानो रोनाल्डोले कोकको सट्टामा पानी पिउन प्रोत्साहन गरेपछि कोकाकोलाको सेयरमा ४ बिलियन डलर गिरावट आएको छ।

गत सोमबार पोर्चुगलले हंगेरीसँग खेल खेल्नुअघि रोनाल्डाले टेबलबाट दुईवटा कोकको बोतल हटाएर पानीको बोतल राखेका थिए।

यसपश्चात कोकाकोलाको सेयर ५६.१७ डलरबाट ५५.२२ डलरमा पुगेको छ।

कम्पनीको बजार मूल्य २४२ बिलियन डलरबाट २३८ बिलियन डलरमा झरेको छ।

कोकाकोला युईएफए युरो २०२० टुर्नामेन्टको प्रायोजकहरुमध्यको एक हो।

‘द गार्जियन’का अनुसार कम्पनिले यसबारेमा भनेको छ, ‘सबैले आफ्नो ड्रिङ्क्स रोज्न पाउँछन्।’

युरो २०२० का प्रवक्ताले भनेका छन्, ‘हाम्रो प्रेस सम्मेलनका क्रममा कोकाकोला र कोकाकोला शून्य चिनीको साथमा पनि उपलब्ध गराइन्छ।’

त्यसपश्चात फ्रान्सेली खेलाडी पल पोग्बाले पनि मंगलबार जर्मनीसँगको खेलपछि ‘हेनेकेन’ बियर बोतललाई रोनाल्डाले जस्तै पन्छाएका थिए।

मंगलबार सेयर बजार बन्द हुँदा कोकाकोलाको सेयर ५५.४१ डलर थियो।

असार ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्