तीन बैंकसँगको साझेदारीमा दराजले बैंक डेजअफर सुरु गर्दै

काठमाडौँ– दराजले माछापुच्छे बैंक, मेगा बैंक र हिमालयन बैंकसँग साझेदारी गरी १७ जुनदेखि बैंक डेजअफर पुनः सुरु गर्ने घोषणा गरेको छ।

यस अफरमार्फत ग्राहकले कार्ड प्रिपेमेन्ट गरेमा १५५ रुपैयाँसम्म छुट पाउन सक्नेछन्।

यी बैंक दराजका चार अन्य साझेदार बैंक सनिमा बैंक, एनआईसी एसिया बैंक, नाबिल बैंक, र स्ट्यान्डर्ड चार्टर्ड बैंकसँग मिली बैंक डेजअफर पुनः सुरु गर्ने दराजले घोषणा गरेको छ।

दराज बैंक डेजमार्फत ग्राहक हप्ताभरि दराजका साझेदार बैंकबाट छुटको मजा लिन सक्नेछन्।

माछापुच्छ्रे  बैंक, मेगा बैंक र हिमालयन बैंकका कार्डधारकहरूले हरेक बिहीबार दराज एपमार्फत यो प्रस्ताव प्राप्त गर्न सक्नेछन्।

असार ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्