माओवादी पृष्ठभूमिका एमाले नेताहरुद्वारा निर्वाचन आयाेगका पदाधिकारीसँग छलफल

काठमाडौँ – आसन्न निर्वाचनबारे माओवादी पृष्ठभूमिका एमाले नेताहरुले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका छन्।

ओली सरकारका पूर्वमन्त्री समेत रहेका टोपबहादुर रायमाझी र प्रभु शाहले निर्वाचनका सम्बन्धमा शुक्रबार आयोगका पदाधिकारीसँग छलफल गरेका हुन्।

अर्कोतिर आजै माओवादी केन्द्रका नेता लिलामणि पोखरेल र दिनानाथ शर्माले पनि निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका छन्।

अहिले केहीबेरमा जसपाका उपेन्द्र यादव र उनी पक्षधर नेताहरु पनि निर्वाचन आयोगमै जाँदै छन्।

महन्थ ठाकुर पक्षलाई गरिएको कारवाहीलाई अनुमोदन नगरेकोमा यो पक्ष आयोगसँग रुष्ट छ।

असार ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्