हार र त्यसपछि बराबरीले युरो कपमा विश्वकप उपविजेता क्रोएसियाको यात्रा संकटमा

लन्डन- युरोकपको जारी संस्करणमा गत विश्वकप उपविजेता क्रोएसिया पहिलो चरणबाटै बाहिरिन सक्ने सम्भावना देखिएको छ।

समूहको पहिलो खेलमा इङ्ल्यान्डसँग १-० गोलको हार ब्यहोरेको क्रोएसियाले शुक्रबार भएको खेलमा चेक गणतन्त्रसँग १-१ गोलको बराबरी खेल्यो। खेलमा सुरुवाती अग्रता चेक गणतन्त्रले लिएको थियो। उसका प्याट्रिक सिकले ३७ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए।

तर दोस्रो हाफको सुरुवातमै क्रोएसिया बराबरीमा फर्किएको थियो। ४७ औँ मिनेटमा इभान पेरिसिचले गोल गरेका थिए। समूहमा दुई खेलबाट चार अंक भएको चेक गणतन्त्र शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको इङ्ल्यान्डको एक खेलबाट ३ अंक छ। २ खेलबाट एक अंक भएको क्रोएसिया तेस्रो स्थानमा छ। एक खेल खेलेको स्कटल्यान्डले खाता खोल्न सकेको छैन।

केहीबेरमा इङ्ल्यान्ड र स्कटल्यान्ड भिड्दैछन्।

असार ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्