नाओमी ओशाकाले टोकियो ओलम्पिकको क्रममा पत्रकारहरुसँग साक्षात्कार नगरे पनि हुने

नाओमी ओशाकाले टोकियो ओलम्पिकको क्रममा पत्रकारहरुसँग साक्षात्कार नगरे पनि हुने भएको छ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले शुक्रबार ओशाकाले टोकियो ओलम्पिकको क्रममा सञ्चारमाध्यमको सामना नगरे पनि हुने बताएको हो।

२३ वर्षकी ओशाकाले यो वर्षको फ्रेन्च ओपन टेनिसको क्रममा खेलपछिको पत्रकार सम्मेलनमा सहभागी हुन नमानेपछि जरिवाना तिर्नु परेको थियो।

त्यसपछि उनले प्रतियोगिता नै बहिष्कार गरिन्। उनले विम्बल्डन टेनिस पनि नखेल्ने भएकी छन्। तर टोकियो ओलम्पिकमा भने सहभागी हुने जनाइएको छ।

उनले आफ्नो मानसिक स्वास्थ्यलाई ख्याल गर्दै खेलपछिको पत्रकार सम्मेलनमा सहभागी नहुने बताएकी हुन्।

असार ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्