मनाङमा पहिरोले थुनिएको मर्स्याङ्दी नदीको बहाव आंशिक रुपमा खुल्यो, चामेसहितका क्षेत्रमा बहाव बढ्दो

मनाङमा बाढीले पुल बगाएपछि अस्थायी पुल राखेर स्थानीयको उद्धार गर्दै सुरक्षाकर्मी। फाइल तस्बिर

काठमाडौँ – पहिरोका कारण थुनिएको मर्स्याङ्दी नदीको बहाव बिस्तारै खुल्न थालेसँगै सदरमुकाम चामेतर्फ जलसतह बढेको छ।

मनाङकाे मनाङ निसाङ गाउँपालिका ४ हुम्देमा पहिरो खसेर नदी थुनिएकोमा अहिले बहाव खुलेकाे प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए।

उनले भने, ‘मध्यान्न पहिरोले थुनिएको नदीको बहाव बिस्तारै खुल्न थालेको छ। त्यसले गर्दा नदीमा जल सतह बढ्ने क्रममा छ। सदरमुकाम चामेमा मर्स्याङ्दी नदीमाथि बनेको पुल जोखिममा छ।’

प्रजिअ लामिछानेले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएकाे जानकारी दिए। बाढी तथा पहिरोको जोखिमबाट बच्न सुरक्षाका सबै निकायसँग समन्वय गरेर काम भइरहेको उनले बताए।

असार ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्