सिमकोट – मुगुको छायानाथ रारा नगरपालिकालाई अवरुद्ध सडक सुचारु गर्न सकस भएको छ।

जुम्ला मुग सडकखण्डको सात मोडमा पहिरो गएका कारण नगरपालिकाले डोजर लगाए पनि अवरुद्ध सडक सुचारु गर्न नसकेको हो।

चार दिनअगाडि सात मोडमा गएको पहिरो ठूला चट्टान, रूख र माटोको बाक्लो लेदो भएका कारण डोजर लगाए पनि पन्छाउन नसकिएको नगर प्रमुख हरिजंग शाहीले बताए।

उक्त सडकको ठाउँठाउँमा पहिरोले सडक अवरुद्ध बनाएको छ।

शनिबार पुनः डोजर लगाएको उनले बताए। चार दिनयता जुम्ला–मुगु सडक अवरुद्ध भएको छ।

यसका लागि नगरपालिका र सडक विभागले दुवैतिरबाट डोजर लगाए पनि अवरोध पन्छाउन नसकिएको उनले बताए।

त्यसैगरी, नगरपालिकाले स्थानीय स्तरमा सञ्चालनमा आएका आन्तरिक सडकको अवरोध पनि हटाउन कठिन भएको जनाएको छ।

मुगुका सडकमा यसपालिको वर्षापछिको पहिरो ठूलो क्षति पु¥याएको छ।

असार ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्