डडेल्धुराको स्वास्थ्य केन्द्रमा कार्यरत युवती मृत फेला

सांकेतिक तस्बिर।

धनगढी– डडेल्धुराको एक स्वास्थ्य संस्थामा कार्यरत एक युवतीको शव फेला परेको छ।

परशुराम नगरपालिका–८ जमरानी आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मीता धामीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।

असार २ गते स्वास्थ्य सामग्री पुर्‍याउन जोगबुडा अस्पताल जाने क्रममा उनी बेपत्ता भएकी थिइन्। उनको खोजीका लागि परिवारले इलाका प्रहरी कार्यालयमा निवेदन दिएको थियो। २ गते हराएकी उनको आज शव फेला परेको प्रहरीले जनाएको छ।

स्थानीय हट्वानी सामुदायिक वनमा मृत अवस्था फेला परेकी उनको हत्या भएको हुनसक्ने स्थानीयको  आशंका छ।

प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले अहिले इलाका प्रहरी कार्यालय जोगबुडा र जिल्लाबाट टोली पठाइएको बताएका छन्।

‘तीन दिनअघिबाट सम्पर्कविहीन भएकी युवतीको शव फेला परेको हो। घटनाबारे प्रहरीले अनुसन्धान गर्छ अनि मात्रै हत्या हो या होइन भन्न सकिन्छ,’ उनले भने।

असार ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्