७५ चेपाङ परिवारलाई खाद्यान्न वितरण

काठमाडौँ– भाष्कर तेजश्री स्मृति प्रतिष्ठानले इन्जिनियर डा भाष्करबहादुर थापाको आठौँ वार्षिकीका अवसरमा धादिङका चेपाङ परिवारलाई खाद्यान्न वितरण गरेको छ।

बेनीघाट रोराङ गाउँपालिकाको तिलाथि गाउँका अति विपन्न चेपाङ समुदायका ७५ घरका चेपाङ परिवारलाई प्रतिष्ठानले शनिबार खाद्यान्न वितरण गरेको हो।

बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटीको ढुवानी सहयोग र मिनीराज गुरुङकको अध्यक्षतामा चेपाङ परिवारलाई खाद्यान्न (दाल चामल नुनतेल) वितरण गरेको प्रतिष्ठानले जनाएको छ।

असार ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्