युरोकपः फ्रान्सलाई हंगेरीले रोक्यो बराबरीमा

विश्व विजेता फ्रान्स युरोकप फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बराबरीमा रोकिएको छ । साबिक उपविजेता समेत रहेको फ्रान्स समूह एफ अन्तर्गतको खेलमा हंगेरीसँग १–१ को बराबरीमा रोकिएको हो ।

पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा फिओलाको गोलबाट हंगेरीले सुरुवाति अग्रता लियो । पछि परेको फ्रान्सका लागि ६६ औँ मिनेटमा एन्टोनी ग्रिजम्यानले बराबरी गोल फर्काएका हुन् ।

केलियन एमबाप्पे र हुगो लोरिसले गरेका प्रहार गोलमा परिणत हुन सकेनन् ।

पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १–० ले पराजित गरेको थियो भने पोर्चुगलसँग हंगेरी ३–० ले पराजित भएको थियो ।

दुई खेलबाट चार अंकसहित फ्रान्स समूहको शीर्ष स्थानमा छ । समान तीन–तीन अंक भएका जर्मनी र पोर्चुगल दोस्रो र तेस्रो स्थानमा छन् । पुछारको हंगेरीको एक अंक छ ।

असार ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्