हेलम्बु बाढीले ऐतिहासिक तिम्बु बजार संकटमा, स्थानीय बासिन्दा त्रसित

हेलम्बु (सिन्धुपाल्चोक) – ऐतिहासिक र पर्यटकीय महत्त्व बोकेको हेलम्बु-१ काे तिम्बु बजार हेलम्बु नदीकाे बाढीले कटान गर्दै लगेकाे छ।
असार १ देखि निरन्तर आइरहेकाे बाढीले बजारका तीन घर कटान गरिसकेकाे छ भने, बाँकी ४० घर जाेखिममा परेकाे छन्। तत्काल, याे बाढीलाई नछेकिने हाे भने, ऐतिहासिक र पर्यटकीय हिसाबले महत्त्वपूर्ण रहेकाे याे बजार सखाप हुने जाेखिम बढेकाे छ ।
बाढीले कटान गर्दै लगेपछि स्थानीय बासिन्दा त्रसित छन्।
याे बजार मेलम्ची घ्याङ, मिलारेप्पा, आम्मा एङ्ग्री, तारकेघ्याङ, टुप्पाघ्याङ्जाला, बाटेपाटी, गाेसाइकुण्ड लगायत जाने केन्द्रकाे रुपमा चिनिन्छ।

यस्तै सिनेरिताङ हुँदै लाङटाङ जाने मार्गकाे ट्रान्जिटका रुपमा पनि तिम्बु बजार रहँदै आएकाे छ । याे बजार सिन्धुपाल्चाेकका हिमाली क्षेत्रकाे सम्पर्क बजारका रुपमा पनि महत्वपूर्ण रहेकाे छ ।
याे बजारमा बसपार्क, स्कूल,वडा सम्पर्क कार्यालय, स्तुपालगायत महत्त्वपूर्ण कार्यालयहरु छन्, यी क्षेत्रमा बाढीबाट बिस्थापित भएकाहरु पनि आश्रित छन्।