मेलम्चीको बाढीमा बेपत्ता थप एकजनाको शव फेला

मेलम्ची खोलामा आएको लेदोसहितको बाढीले मेलम्ची बजार क्षेत्र अधिकांश रुपले प्रभावित भएको छ । फाइल तस्बिर

सिन्धुपाल्चोक – असार १ गतेको मेलम्चीको बाढीमा बेपत्ता भएकामध्ये थप एक जनाको शव भेटिएको छ।

बाढीमा हराइरहेका पाँचपोखरी थाङपाल गाउँपालिका—२ का ६३ वर्षीय ठकुरी स्याङ्बोको शव पहिचान भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए।

बाढीबाट मृत्यु हुनेको संख्या चार पुगेको छ भने अझै २१ जना बेपत्ता छन्।

असार ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्