डुबेर मृत्यु भएका बालिकाको परिवारलाई स्थानीय सरकारको राहत

जनकपुरधाम – धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले डुबेर मृत्यु भएकी बालिकाको परिवारलाई स्थानीय सरकारले राहत रकम हस्तान्तरण गरेको छ।

मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षले पीडित परिवारलाई १ लाख ५१ हजारका दरले राहतस्वरूप चेक हस्तान्तरण गरेका छन्।

केही दिन पहिले वडा नम्बर ६ स्थित पानीमा डुबेर पाँच बालिकाको मृत्यु भएको थियो। बालिकाका परिवारलाई गाउँपालिका अध्यक्ष मनोजकुमार यादव र उपाध्यक्ष मीरादेवी महतोले संयुक्त रूपमा राहत रकम हस्तान्तरण गरेका हुन्।

यसअघि प्रदेश सरकारले समेत पाँचै बालिकाको परिवारलाई १–१ लाख रुपैयाँको राहत रकम उपलब्ध गराउने घोषणा गरेको थियो।

मुखियापट्टी मुसहरनियास्थित वडा नम्बर ६ मा रहेको हुलास यादवको खेतमा निर्माणाधीन पोखरीमा डुबेर १३ वर्षीया मञ्जु पूर्वे, १२ वर्षीया लक्ष्मीनिया यादव, १० वर्षीया चन्दाकुमारी भगत, १२ वर्षीया चान्दनी ठाकुर र १२ वर्षीया ललिता साहको मृत्यु भएको थियो।

असार ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्