जगदम्बा आगलागीमा घाइते भएका मजदुरलाई काठमाडौँ पठाइयो

सांकेतिक तस्बिर

वीरगञ्ज – बाराको जितपुर सिमरा उपमहानगरपालिकामा रहेको जगदम्बा स्टील उधोगमा भएको आगलागीमा परि घाइते भएका दुईजना मजदुरलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ।

आगलागीमा परि घाइते भएका पर्साको पर्सागढी नगरपालिका–१ बस्ने ३७ वर्षीय नवराज चौलागाई र सिन्धुलीको तिनपाटन गाउँपालिका–४ बस्ने ४१ वर्षीय ईन्द्रप्रसाद अधिकारीलाई थप उपचारको लागि काठमाडौँ पठाइएको बाराका प्रहरी प्रवक्ता नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

आगलागीमा परि घाइते भएका अर्का मजदुर भारत पटना रामजितचक बट्टागंज १८ पटना बस्ने ५९ वर्षीय राज कुमार विश्वकर्माको वीरगञ्जस्थित तराई अस्पतालमा उपचार भइरहेको उनले बताए।

शनिबार राति उधोगको फर्नेस आयल टयांकरमा मजदुरहरुले बेल्डिङ गरिरहेको बेला आगलागी भएको थियो।

आगलागीमा परि भारत बिहार पश्चिम चम्पारण थाना बगाह ग्राम कुमिया बिसनपुरवा बस्ने ४० वर्षीय फोर म्यान प्रदीप गोड र भारत बिहार सिवान जिल्ला दरौदा थाना ग्राम प्रसौट बस्ने ४५ वर्षीय बेल्डर रामनाथ महतोको घटनास्थलमै मृत्यु भएको थियो।

बेल्डिङ गरिरहेको बेला विद्युत सर्ट भएर अचानक आगलागी भएको प्रहरी प्रवक्ता मिश्रले बताए।

असार ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्