टिप्परका चालक र सहचालकलाई रुखमा बाँधे, श्रीमती र सालीलाई जंगल लगेर बलात्कार

सांकेतिक तस्बिर

दाङ – दाङमा अपरण गरेर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । अन्य दुईजना आरोपीको खोजी जारी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले बताए ।

लमही नगरपालिका वडा नम्बर ७ स्थित कमानपुरको जंगलमा तीनजनाको समूहले दुई महिलालाई अपहरण गरेर जंगलमा लगेको, लुटपाट गरेको र जवरजस्ती करणी गरेको उजुरी प्रहरी कार्यालयमा दर्ता भएको छ ।

घटनामा संलग्न मध्यका एक किरण बुढालाई प्रहरीले पक्राउ गरेको छ । बाँकी दुईजनाको खोजी जारी रहेको हो ।

सम्राट सिमेन्ट उद्योगबाट रा १ ख २४१९ नम्बरको टिप्पर फर्कदै थियो । आइतबार (असार ६ गते) रातिको साढे ९ बजे मोटरसाइकलमा रहेका तीनजना युवाले बाटो छेकेका थिए । टिप्पर चालक र सहचालकलाई रुखमा बाँधेर टिप्परमा सवार चालककी श्रीमती र सालीलाई अपहरण गरेर जंगल तर्फ लगेका थिए उनीहरुले ।

सो क्रममा चालक र सहचालकमाथि उनीहरुले कुटपिट गरेको प्रहरीले जनाएको छ । तरबारसहित रहेका ती युवाले हतियार देखाएर लुटपाट र अपहरण गरेको प्रहरीले जनाएको छ । आफूहरु माथि करणी बयान प्रहरीलाई दिएका छन् ।

प्रहरीले घटनामा संलग्नमाथि अपहरण, लुटपाट, जवरस्ती करणी गरि चारवटा मुद्धा चलाउने भएको छ । घटनाबारे प्रहरीलाई बिहान साढे ३ बजे मात्रै खबर भएको थियो । प्रहरीले पीडित पक्षको बयान र उजुरीको आधारमा अनुसन्धानअघि बढाएको हो ।

असार ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्