योग विश्वमानव जातिको शान्ति र आनन्दका लागि

विश्वका सवै मनुष्यहरु सुखी, खुसी र आनन्दका साथमा जीवन जीउन चाहन्छन् । चाहे उनीहरु विश्वको कुनै स्थान, क्षेत्र, जाति, भाष पन्थ र आर्थिक रुपमा सम्पन्न र विपन्न किन नहुन्, सबैको इच्छा आकांक्षा र मन भनेको शारीरिक मानसिक र सामाजिक रुपमा स्वच्छ र स्वस्थ्य हुन चाहन्छन्, विश्व आनन्द प्राप्तिको दौडमा विभिन्न ग्रह र नक्षत्रसम्म अनि समुद्रको गहिराइमा गएर अध्ययन र अनुसन्धान गरिरहेको छ।

भौतिक विकासको चरम उत्कर्ष अनुभव गर्‍यो तर आत्मिक शान्ति र आनन्द प्राप्तिको लागि विश्वले धेरै प्रयत्नहरु र अनुसन्धान पश्चात पुनः हजारौँ वर्ष पूर्वमा हाम्रा त्यस समयका वैज्ञानिक, अनुसन्धानकर्ता र अन्वेषण ऋषिमुनिहरुले मानव कल्याणका लागि दिएको ज्ञान र योग परम्परामा फर्किएको छ । ऋषि पतञ्जलीलाई योग दर्शनको संस्थापक मानिन्छ, हवाइजहाजको खोजकर्ता मानिसजस्तै र जुन २१ लाई विश्व योग दिवसको रुपमा मनाउने सहमतिमा विश्वका सबै राष्ट्रहरु पुग्नुले सत्य पुनः स्थापित हुन्छ भन्ने विश्वासलाई प्रमाणित गरिदिएको छ।

यसकार्यमा इमान्दारी र विश्वकल्याणको भावनाले आफ्नो जीवनलाई योग साधनामा समर्पित गरेर विश्वलाई विश्वासमा लिन भगिरथ प्रयास गर्ने आधुनिक समयमा ऋषि रामदेवजी र योगलाई आदर्श मान्ने, साधना गर्ने र विश्व राजनीतिलाई विश्वस्त पार्ने नरेन्द्र मोदीजीलाई अभिनन्दन र धन्यवाद दिन हामीले कन्जुस्याइँ गर्नु हुँदैन। उहाँहरुलाई विश्व योग दिवसको अवसरमा अभिनन्दन।

आत्म विस्मृति र आधुनिकताको तीव्र वेगमा दौडिरहेको विश्वले केही समय स्थीर भएर चिन्तन गर्दा आत्म ज्ञान भई योग वास्तवमै कुनै धर्म र क्षेत्र विशेषको नभई सम्पूर्ण विश्व परिवाका सदस्यहरुको हितमा छ भन्ने यथार्थलाई आत्मसाथ गरेको छ त्यसैले उनीहरु सबैलाई पनि अभिनन्दन। २०१४ मा संयुक्त राष्ट्र संघले हरेक वर्ष विश्व योग दिवस मनाउने घोषण गर्‍यो, वास्तवमा विश्वलाई एउटा परिवारको कल्पना गरेका हाम्रा पुर्वजहरु कति महान थिए बशुधैव कुटुम्बकमको त्यो आदर्श वाक्य यहाँ आएर एक्काइसौँ शताब्दीमा पुनः प्रमाणित भएको छ र विश्वलाई योगको माध्यमबाट पुनः जोड्ने अवसर सवैलाई प्राप्त भएको छ ।

योगले मनुष्यको शरीरमा रोग प्रतिरोधात्मक क्षमताको विकास गरिरहन्छ, नियमपूर्वक र नियमित योगको साधनाले शारीरिक स्फूर्तिको साथमा चिन्ता र तनावहरुलाई कम गरी शरीरको कुशलतालाई निरन्तर बढाउने कार्य गर्दछ, योग नगर्ने व्यक्ति भन्दा योग गर्ने व्यक्ति स्वभाविक रुपमा खुसी, आनन्दित, सुखी, अरुलाई प्रेरणा र ऊर्जा दिन सक्ने राम्रो नेतृत्व कर्ता बनेर समाजमा आफ्नो सुगन्ध फिँजाइरहेको हुन्छ ।

योग प्रकृतिसँग जोडिने सवैभन्दा प्रमुख विधि हो, योग एउटा कला हो जुन हाम्रो शरीर, मन र आत्मालाई एक साथ जोडेर हामीलाई आनन्दमयी जीवनको अनुभुति गराउँछ। यसको नियमित अभ्यासद्वारा हामी शारीरिक मानसिक रुपमा स्वस्थ हुन सक्छौँ, योगले मनुष्यको शरीरमा रोग प्रतिरोधात्मक क्षमताको विकास गरिरहन्छ, नियमपूर्वक र नियमित योगको साधनाले शारीरिक स्फूर्तिको साथमा चिन्ता र तनावहरुलाई कम गरी शरीरको कुशलतालाई निरन्तर बढाउने कार्य गर्दछ, योग नगर्ने व्यक्ति भन्दा योग गर्ने व्यक्ति स्वभाविक रुपमा खुसी, आनन्दित, सुखी, अरुलाई प्रेरणा र ऊर्जा दिन सक्ने राम्रो नेतृत्व कर्ता बनेर समाजमा आफ्नो सुगन्ध फिँजाइरहेको हुन्छ ।

योग कुनै प्राचीन मिथक होइन, योग वर्तमानको सबैभन्दा बहुमूल्य विरासत हो आजको आवश्यकता र भविष्यको संस्कृति हो । योग मनुष्यले सही तरिकाले जीवन जीउने विज्ञान हो, विश्वास र सकारात्मक सोच नै एक आदर्श योग अभ्यासको सच्चा साथी हो, त्यसैले विश्वका हरेक मनुष्यले योगलाई आफ्नै दैनिक क्रियाकलापको अभिन्न अङ्ग बनाएर अगाडि बढ्दा नै हामी सबै सुन्दर विश्वका सुन्दर र सफल र आनन्दित नागरिक बन्न सक्दछौँ सबको जय होस्। वशुधैव कुटुम्बकम् ।

असार ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्