अर्जुनधाराका मेयरको माछापोखरीमा डुबेर एक पुरुषको मृत्यु

झापा – झापाको अर्जुनधारा नगरपालिकाका मेयरको माछापोखरीमा डुबेर ४० वर्षीय पुरुषको मृत्यु भएको छ।

आइतबार साँझ पौने ६ बजेतिर माछा मार्न पोखरीमा गएका अर्जुनधारा ११ का माइकल सोरेन डुबेर बेपत्ता भएका थिए।

बेपत्ता भएको खबर थाहा पाएलगत्तै प्रहरीको टोलीले सोरेनलाई खोज्ने प्रयास गरेको थियो।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोलीले उनको शव सोमबार बिहान १० बजेतिर पोखरीबाट बाहिर निकालेको थियो।

 

असार ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्