युरो कपमा आज ४ खेल, बेल्जियम र नेदरल्यान्ड्स सबै खेल जितेर दोस्रो चरण पुग्ने प्रयाशमा

प्रशिक्षणका क्रममा बेल्जियमाका केभिन डे ब्रुनी

युरो कप २०२० अन्तर्गत सोमबार चारवटा खेल हुँदैछन्। समूह ‘सी’अन्तर्गत नर्थ मेसेडोनिया र नेदरल्यान्ड्स तथा अस्ट्रिया र युक्रेनबीचको खेल नेपाली समयअनुसार राती पौने १० बजे सुरु हुने छ।

समूहमा दुई खेलपछि नेदरल्यान्ड्सको ६, युक्रेन र अस्ट्रियाको ३/३ अंक छ भने नर्थ मेसेडोनियाले अंक जोड्न सकेको छैन। नेदरल्याण्ड्स यसअघि नै दोस्रो चरण पुगिसकेको छ।

समूह ‘बी’अन्तर्गत बेल्जियम र फिनल्यान्ड तथा रुस र डेनमार्क नेपाली समयअनुसार राती पौने १ बजे भिड्नेछन्। बेल्जियम २ खेलबाट ६ अंक जोड्दै प्रिक्वाटरफाइनल पुगिसकेको छ। रुस र फिनल्यान्डको ३/३ अंक छ। दुवैले नर्थ मेसेडोनियालाई हराएका थिए।

६ वटा समूहका विजेता र उपविजेतासहित अंकका आधारमा शीर्ष चार तेस्रो टोली पनि प्रिक्वाटरफाइनल पुग्नेछन्।

असार ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्