रोकिएन शेयर बजारको गिरावट, १८० कम्पनीको सेयर मुल्य घट्यो

काठमाडौं- शेयर बजार परिसूचक-नेप्सेमा सोमबार एकैदिन ७१.०६ अंकको गिरावट आएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २ हजार ८ सय ३४ दशमलब ४ विन्दुमा आईपुगेको छ। यसअघि साताको पहिलो दिन आइतबार पनि ६३ भन्दा बढी अंकले नेप्से घटेको थियो। गत साता नेप्सले ३ हजार विन्दु पार गरेको थियो।

सबै समूहका सूचक घटेका छन्। फाइनान्स र जलविधुत् समूह ५ प्रतिशतभन्दा बढी तथा विकाश बैंक र होटल तथा पर्यटन समूहको सूचक ४ प्रतिशतभन्दा बढीले घटेको छ।

सोमबार कारोबार भएका एक सय ८० वटा कम्पनीको सेयर मुल्य घटेको छ। नेप्सेले एक लाख ३० हजार ३ सय ९७ कारोबार भएकामा ११ अर्ब ८४ करोड ५४ लाख ५४ हजार ६ सय ४ रुपैयाँ बराबरको २ करोड ३० लाख ११ हजार ८ सय २० कित्ता सेयर खरिद विक्री भएको जनाएको छ।

असार ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्