हुन्डाई प्यालिसेड नेपाल भित्रियो

काठमाडौँ – हुन्डाई गाडीको नेपाल को लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ एसयूभी प्यालिसेड नेपाल भित्र्याएको छ।

प्यालिसेड ७ सिट र प्रिमियम एसयूभी हो। कम्पनी स्रोतका अनुसार यो कार छिट्टै आधिकारिक रूपमा सार्वजनिक हुनेछ। यो कार कोरियामा उत्पादन भएर नेपाल आएको हो।

नेपाली बजारमा प्यालिसेड २।२ लिटरको डिजल इन्जिन अप्सनमा आउने सम्भावना छ, जसले २०० पीएस पावर तथा १७५०-२७५०आरपिम टर्क उत्पादन गर्नेछ। यो एसयूभी ८ स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ।

नेपाली बजारमा यो एसयूभीको सुरूआती मूल्य २ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ।

नेपाली बजारमा यो एसयूभीको प्रतिस्पर्धा टोयाटाको फर्चुनर, मित्सुबिसी पजेरोर फोर्डको इन्डेभरसँग हुनेछ।

असार ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्