सभापतिमा दाबेदारी प्रस्तुत गरेका निधिले भेटे सशांक र प्रकाशमान

बिमलेन्द्र निधि/फाइल तस्बिर।

काठमाडौँ– नेपाली कांग्रेसको आगामी महाधिवेशनमा सभापतिमा आफ्नो दावेदारी प्रस्तुत गरेसँगै उपसभापति विमलेन्द्र निधिले पार्टीका प्रभावशाली नेताहरुसँग भेटघाट सुरु गरेका छन्।

निधिले सोमबार महामन्त्री सशांक कोइराला र नेता प्रकाशमान सिंहसँग भेटवार्ता गरेका हुन्। भेटमा १४ ओँ महाधिवेशनको सन्दर्भमा कुराकानी भएको स्रोतले बताएको छ।

कांग्रेसभित्र लामो समयदेखि सभापति शेरबहादुर देउवा खेमामा रहेका निधिले यसपटक सभापतिमा देउवालाई साथ दिन नसक्ने बताउँदै आएका छन्।

आउँदो भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने पार्टीको १४औँ महाधिवेशनमा देउवाले फेरि सभापतिमा लड्न आक्रामक रुपमा तयारी अघि बढाएका छन्।

असार ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्