युरोकपमा तीन दिनअघि इङ्ल्यान्डविरुद्ध खेल्दै प्लेयर अफ दी म्याच भएका गिलमौरलाई कोरोना संक्रमण

स्कटल्यान्डका मिडफिल्डर बिली गिलमौरलाई कोरोना संक्रमण भएको छ।

गिलमौरले जारी युरोकप अन्तर्गत तीन दिनअघि इङ्ल्यान्डविरुद्ध भएको खेलमा प्लेयर अफ दी म्याचको अवार्ड जितेका थिए।

त्यस खेलमा स्कटल्यान्डले बराबरी खेलेको थियो। २० वर्षीय यी खेलाडीले पहिलोपटक स्कटल्यान्डको सुरुवाती-११ टोलीमा परेका थिए।

असार ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्