ज्वाला संग्रौलालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रशासनले तीन दिनको समय दियो

काठमाडौँ- पछिल्लो समय निकै विवादित बनेकी ज्वाला संग्रौलासहित तीन  जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला प्रशासनले तीन दिनको समय दिएको छ। उनिहरुलाई अभद्र व्यवहारमा अनुसन्धान गर्न म्याद लिइएको हो।

आफूलाई सामाजिक अभियन्ता बताउने संग्रौलासहित तीन जनालाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको थियो।

उनीहरुविरुद्ध खुश्बु घिमिरेले अभद्र व्यवहारमा जाहेरी दिएकी थिइन्।

प्रहरी कार्यालयभित्रै संग्रौलाको समूहले आफूलाई हातपात गरेको आरोप घिमिरेको छ। फेसबुकमा लेखेको विषयमा संग्रौलाले घिमिरेविरुद्ध उजुरी दिएकी थिइन्। प्रहरीले मिलापत्र गराएर पठाएपनि घिमिरेले संग्रौलाको समूहले प्रहरी कार्यालयमा आफूलाई हातपात गरेको सार्वजनिक गरेपछि प्रहरी विवादमा तानिएको थियो।

केही साताअघि ट्राफिक प्रहरीविरुद्ध जातिय दुर्व्यवहार गरेको र सरुवाको धम्कि दिएको आरोपका कारण संग्रौला विवादित बनेकी थिइन्। प्रहरीले हिमानु उपाध्याय र शर्मिला वाइबालाई पनि पक्राउ थियो। प्रहरीले अधिकतम २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ।

असार ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्