सांसद थापालाई दोस्रो पटक गरिएको कारबाहीको अन्तरिम आदेशबारे शुक्रबार छलफल हुने

कृष्ण थापा

काठमाडौँ – गण्डकी प्रदेशका जनमोर्चाबाट निर्वाचित सांसद कृष्ण थापालाई दोस्रोपटक गरिएको कारबाहीविरुद्ध अन्तरिम आदेश जारी गर्ने किन गर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई सर्वोच्च अदालतले शुक्रबार बोलाएको छ।

पहिलो पटक गरिएको कारबाहीविरुद्ध थापाले दिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको एकल इजलासले कारबाही उल्ट्याइदिएको थियो।

त्यसविरुद्ध प्रदेशसभा र जनमोर्चाले दिएको भ्याकेट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्चले नै जेठ ३१ गते अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको थियो। त्यसअघि नै जनमोर्चाले २८ गते थापालाई प्रदेश कमिटीको सदस्य र सांसद पदमा नहरेन गरी काबारही गरेको थियो।

उक्त निर्णयविरुद्ध थापाले आइतबार दिएको रिट निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश सपना प्रधान मल्लको इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशबारे छलफल गर्न पक्ष र विपक्षलाई शुक्रबार उपस्थित हुन भनेका हो।

प्रधानको इजलासले जारी गरेको आदेशमा थापालाई सफाइको मनासिव मौका नदिइएकाले दुवै पक्षको कुरा सुनेर मात्रै अन्तरिम आदेश जारी गर्नु उपयुक्त हुने उल्लेख छ।

असार ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्