लकडाउनका कारण प्रभावित गुरुकुललाई अमेरिकाबाट सहयोग

फाइल तस्बिर

दाङ – पश्चिम नेपालका विभिन्न १७ वटा गुरुकुललाई विश्व भुटानी हिन्दू संगठन अमेरिकाले आर्थिक सहयोग गरेको छ ।

प्रति कुरुकुल ११ हजार एक सय २७ रुपैयाँ २५ पैसा गरि एक लाख ८९ हजार एक सय ६३ रुपैयाँ २५ पैसा सहयोग गरेको हो ।

लकडाउनको असहज परिस्थितिमा पश्चिम नेपालका सबै गुरुकुललाई रकम उपलब्ध गराइएको हो । विश्व भुटानी हिन्दू संगठन अमेरिकाका अध्यक्ष कमल धिमालबाट सहयोग जुटाई नेपालका १७ गुरुकुललाई सहयोग गरिएको हो ।

सनातन वैद्धिक सभ्यता र संस्कृतिको संरक्षण तथा निरन्तरताका लागि दाङ जिल्लामा एक हजार तीन सय वर्ष पुरानो ऐतिहासिक पृष्टिभूमि बोकेको सिद्ध रत्ननाथ मठ चौघेरामा गुरुकुल सञ्चालनमा छ ।

गएको वर्ष कात्तिक २५ गते नगर शिक्षा समितिबाट कक्षा ६ को मान्यता प्राप्त गरेर औपचारिक रुपमा सञ्चालनमा आएको गुरुकुल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश भट्टराईले जानकारी दिए । यो गुरुकुलमा महिला प्राचार्य सन्तोषी सुवेदी रहेकी छन् ।

गोरखनाथ वैद्धिक गुरुकुल, गौशाला, पुस्तकालय तथा मठ, मन्दिर रहेको छ ।

गुरुकुल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश भट्टराईको अध्यक्षता तथा यस गुरुकुलका प्रमुख सल्लाहकार आध्यात्मिक चिन्तक अन्तर्राष्ट्रिय वक्ता डा. चिन्तामणी योगीको सल्लाह, सुझावको आधारमा अघि बढाइएको छ ।

असार १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्