पुनर्निर्माण प्राधिकरणका कर्मचारीकाे प्रदर्शनमा प्रहरी धरपकड, ५० जना भन्दा धेरै पक्राउ

काठमाडौँ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत कर्मचारीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ।

आफ्ना विभिन्न मागहरु पूरा गर्न भन्दै प्रदर्शनमा उत्रिएका बेला उनीहरुलाई माइतीघरबाट प्रहरीले पक्राउ गरेको हो।

प्रदर्शनमा सहभागी मध्ये झण्डै ५० जनालाई प्रहरीले पक्राउ गरेर लगेकाे छ।

प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिको अगुवाईमा उनीहरु प्रदर्शनमा उत्रेका थिए।

यसअघि आजै उनीहरुले केन्द्रीय आयोजना कार्यन्वयन इकाई कार्यालय बबरमहलमा सामूहिक राजीनामा बुझाएका थिए।

राजीनामा बुझाएर प्रदर्शन गर्ने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेकाे हाे।

सरकारले प्रत्येक वर्ष दिने भनिएको अतिरिक्त सुविधाहरूबाट पूर्ण वञ्चित गराइएको भन्दै इन्जिनियरहरूले आन्दोलन गर्दै आएका छन्। पुनर्निमाणमा खटिएका इन्जिनियरहरुलाई हटाएर बिदेसिन बाध्य पार्न खोजिँदै गरेको गुनासो उनिहरुको छ।

असार ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्