काठमाडौँ उपत्यकामा थपिए २४९ जना कोरोना संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २४९ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १८१, ललितपुरका ४३ तथा भक्तपुरका २५ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो चौबीस घन्टामा देशभर थप २ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३० जना संक्रमितको मृत्यु भएको छ।

यस्तै गत चौबीस घन्टामा ४ हजार ९ सय १४ संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हाल देशभर ४२ हजार २४ सक्रिय संक्रमित रहेका छन्।

असार १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्