प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि विपक्षीले बहस गर्दै

काठमाडाैँ – प्रतिनिधिसभा विघटन मुद्दामा साेमबारदेखि विपक्षीले बहस गर्दैछन्।

रिट निवेदनमा विपक्षी बनाइएका राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सभामुखलाई १५ घण्टाको समय दिइएकाे छ।

सोमबार महान्यायाधीवक्ता रमेश बडालले बहसको सुरुवात गर्ने छन्। उनलाई तीन घण्टा समय दिइएको छ भने त्यसपछि नायव महान्यायाधीवक्ता पदम पाण्डेले दुई घण्टा बहस गर्नेछन्।

विपक्षीले पाएको समय मध्ये सभामुखका वकिलले जम्मा एक घण्टा मात्रै पाउने भएका छन्।

विपक्षी भए पनि निवेदककै माग दाबीलाई स्वीकार गरेकाले सभामुखका वकिललाई विपक्षी वकिलको व्यवहार गरिन नहुने भन्दै महान्यायाधीवक्ता बडालले आइतबार इजलासमै कुरा उठाएका थिए।

त्यसपछि सभामुखका पाँच वकिललाई विपक्षीले पाउने एक घण्टा र इजलासले थप आधा घण्टा दिने समझदारी भएको हाे।

असार १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्