पक्राउ परेका ‘हाम्रो टिम नेपाल’ का स्वयंसेवकलाई रिहाइ गर्न पल शाहको माग

काठमाडौँ– नायक पल शाहले पक्राउ परेका ‘हाम्रो टिम नेपाल’ का स्वयंसेवकहरुलाई रिहाई गर्न माग गरेका छन्। सरकारी जमिन जग्गा कब्जा गरेको आरोपमा प्रहरीले वेवारिशे शव व्यवस्थापन गर्ने सपना रोका मगर सहित १८ जनालाई पक्राउ गरेको थियो।

पलले सरकाले दमन गरेको आरोप लगाउँदै लेखेका छन्, ‘कोरोना महामारीको बेला निशुल्क खाना खुवाउँदै आएको, अक्सिजन नभएको ठाउँमा अक्सिजनको सिलिन्डरको व्यवस्था गर्दै आएको टिम, भुकम्प, बाढी पहिरो जाँदा दिनरात नभनी देशभर सेवा गर्दै आएको ‘हाम्रो टिम नेपाल’ माथि आज सरकारले दमन गरेको छ । पक्राउ परेका हाम्रो टिम नेपालका सम्पूर्ण साथीहरुर्लाइ चाडो भन्दा चाडो रिहाई गरियोस् ।’

पलले केही समय अगाडिदेखि ‘हाम्रो टिम नेपाल’ सँग मिलेर सहयोग कोभिडले समस्यामा परेकाहरुलाई सहयोग गरिरहेका छन्।

असार १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्