पौडेल र सिटौलालाई मिलाउने कोइरालाको प्रयास, नमिले आफूलाई सहयोग गर्न आग्रह

काठमाडौँ – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले १३औँ महाधिवेशनमा सभापति आकांक्षी रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई मिलेर अघि बढ्न दबाब दिएकी छिन्।

भदौमा हुने १४औँ महाधिवेशनमा पनि सभापतिको आकांक्षा देखाइ रहेका पौडेल र सिटौलालाई मिलेर अघि बढ्न कोइरालाको आग्रह गरेकी हुन्।

सोमबार आफ्नै निवासमा ‘लञ्ज’ बैठक आयोजना गरेर गिरिजाकी सुपत्री समेत रहेकी संस्थापन इतर समूहबाट बलियो उम्मेद्वार खडा गरेर सभापति शेरबहादुर देउवालाई बिदाइ गर्नुपर्ने प्रस्ताव राखेकी हुन्।

संस्थापन पक्षमा सभपाति देउवा र उपसभापति विमलेन्द्र निधि मात्र अहिलेसम्म सभापतिको आकांक्षी रहेको अवस्थामा इतर समूहमा भने सभापतिका उम्मेद्वार धेरै देखिएका छन्।

सोमबारको छलफलमा कोइरालाले पौडेल र सिटौलालाई नमिल्ने भए आफूलाई सहयोग गर्न आग्रह गरेकी थिइन्। कोइराला निकट स्रोतले भन्यो, ‘पहिलो त उहाँहरुलाई मिल्नुहोस् भन्ने कुरा रह्यो। यदि नमिल्ने हो भने आफूलाई सहयोग गर्न उहाँले आग्रह गर्नुभएको हो।’

१३औँ महाधिवेशनमै एक अर्कालाई अस्वीकार गरेका पौडेल र सिटौला यसपटक मिल्ने संभावना कम रहेको कांग्रेसकै नेताहरु बताउँछन्।

संस्थापन इतर समूहबाट पौडेल, सिटौला र कोइरला परिवारबाटै सुजतासहित शशांक र शेखर गरी तीन जना सभापतिका आकांक्षी देखिएका छन्। त्यस्तै नेता प्रकाशमान सिंहले पनि सभापति लड्ने बताइ रहेका छन्।

असार १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्