फोटो फिचर

जनस्वास्थ्य मापदण्ड उल्लंघन गर्दै रोपाइँ कार्यक्रममा एमाले नेताहरु सहभागी

फाेटाे फिचर

काठमाडौँ – सरकारले कोरोना महामारीलाई नियन्त्रणमा लिन भन्दै १५ जना भन्दा धेरै मानिसहरु एक ठाउँमा भेला हुन नदिने नियम लागू गरेको छ।

तर भक्तपुरमा एमाले नेताहरुको उपस्थितिमा जनस्वास्थ्य मापदण्डको उल्लंघन गरि धान रोपाइँ उत्सव मनाइएको छ।

एमालेको भातृ संगठन युवा संघ नेपालले आयोजना गरेको धान रोपाइँ कार्यक्रममा पूर्वमन्त्री तथा एमाले प्रवक्ता प्रदीप ज्ञवाली र युवा नेता महेश बस्नेत सहभागी भएका छन्।

सो कार्यक्रममा उपस्थित व्यक्तिहरुले सामाजिक दूरीको पालना गरेका थिएनन् भने अधिकांशले मास्क समेत लगाएका थिएनन्।

तर एमाले प्रवक्ता ज्ञवालीले जनस्वास्थ्य मापदण्डको पालना गरेरै आफूहरु रोपाइँ कार्यक्रममा सहभागी भएको दाबी गरे।

उनले किसानका समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको र यस वर्ष रसायनिक मलको समेत अभाव हुन नदिने गरी काम भैरहेको बताए।

मलको समस्या समाधानका लागि स्वदेशमै रसायनिक मलको कारखाना खोल्न सरकारले काम अघि बढाएको जानकारी पनि उनले दिए।